पहिरो र बाढीको कारण अरनिको राजमार्ग अवरुद्ध

 संवाददाता    २०८२, ३ असार मंगलवार १२:०३     281 जनाले पढ़िसके



Spread the love

काठमाडौं । मनसुन सक्रिय भएसँगै सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

भोटेकोशी गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको बताइएको छ ।

सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग पनि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित बिनयी खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यसैगरी कान्ति लोकपथ, कालिगण्डकी करिडोरपनि पूर्ण रूपमा बन्द भएका छन् ।