काठमाडौ , बर्दिबास रेल्वे श्टेशनभित्र पर्ने १४ घरधुरीको मुआब्जाको विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाल तथा सचिवकेशव कुमार शर्मासंग छलफल भएको छ।
छलफलमा टोलीको नेतृत्व रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरु भट्टराईले गर्नु भएको थियो।
समस्या समाधान गर्नको निम्ति पूर्व न्यायाधीश नेतृत्वमा उच्चस्तरीय समाधान समिती गठन गर्ने र सो सिफारिशको आधारमा यथासिघ्र चांडो समाधान गर्ने कुरा मन्त्री दाहालले पिडितहरुलाई बताउनुभयो।
सोहीक्रममा पूर्वमहाप्रबन्धक भट्टराईले नागरिकको जायज समस्या हो भन्ने स्विकारेपछि समाधानको उपाय राज्यले दिनुपर्ने बताउनुभयो ।
राज्यले पन्छिन मिल्दैन र राज्यले निकास दिनु पर्छ राज्य भन्दा ठुलो अर्को कुनै निकाय हुदैन भन्ने बताउनुभयो।
भट्टराईले महाप्रबन्धक हुँदै यो विषयमा आवज उठाउंदै आउनुभएको थियो।
भट्टराई विकास निर्माणमा डाइनामिक सोच राख्ने र पूर्वाधारमा देश अगाडी बढ्नुपर्छ तथा विकासको अवधारणामा केपी ओलीको विकासको सोचलाई प्रखर रुपमा अगाडी बढाउनुपर्छ भन्नेसोच राख्ने व्यक्ति को रुपमा परिचित हुनुहुन्छ।