नेपाली कांग्रेस सर्लाही सभापती सुरेन्द्र प्रसाद सिहलाई अब बस्ने केन्द्रिय समितिको बैठकले निलम्बन गर्ने एक पदाधिकारीले बताए। उनका अनुसार अब बस्ने केन्द्रिय समिती बैठकले कानुन अनुसार जे हुन्छ त्यही गरिने बताए। कानुन अनुसार त स्वत: निलम्बन हुनुपर्ने हैन भन्ने प्रश्नमा उनले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन भएको भन्ने खबरले निलम्बन केही ढिला भएको जानकारी दिए। तर हामीले उनको निवेदन दर्ता नभएको भन्ने प्रश्नमा कांग्रेसका पदाधिकारीले अहिले सम्म जे जे भयो भयो अब बस्ने केन्द्रिय समितिको वैठकले कानुन अनुसार गर्ने बताए।
हामीले उनले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दिएको भन्ने खबर प्राप्त गरेपछी सर्वोच्चका प्रवक्ता अच्युत कुंईकेलसंग जानकारी माग गर्यौं। उनले हालसम्म निवेदन दर्ता नभइसकेको र दर्तालाई आवश्यक कागजात नपुगेकोले निवेदन दर्ता नभएको जानकारी दिए।
केही महिना अघि भ्रष्टाचारमा फैसला भइसकेका व्यक्ती सभापतिकै रुपमा आफ्नो कृयाकलाप बढाएको गुटबन्दीमा लागेको भन्दै सभापती हटाउन जिल्ला का अन्य पदाधिकारीले कांग्रेस पार्टी कार्यालयमा आन्दोलन र धर्ना नै राखेका थिए।