सुनको मूल्य स्थिर हुदाँ चाँदी भने बढ्यो

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार ११:१६     156 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य स्थिर रहदाँ चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।