आज पनि प्रतितोला पाँचसय रुपैयाँले बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार ११:१२     148 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज पनि बढेको छ। प्रतितोला पाँचसय रुपैयाँ बढेर सुनको मूल्य आज एक लाख ९३ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज तीनसय रुपैयाँ बढेको हो। यसअघि गएको मंगबार सुनको मूल्य दुई हजार नौसय रुपैयाँ बढेको थियो

हिजो सुनको मूल्य एक लाख ९३ हजार दुईसय रुपैयाँ थियो।

गतसाताको सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबारदेखि निरन्तर बढिरहेको छ।

सुनको मूल्य शुक्रबार प्रतितोला सातसय, आइतबार तीनसय, सोमबार एक हजार र मंगलबार २९ सय रुपैयाँ बढेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमै स्तिर रहेको महासंघले जनाएको छ।