काठमाडौं । नेपाल स्थित पाकिस्तानी राजदूतावासले १२ औं निबन्ध लेखन प्रतियोगिता र ८ औं वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
यस वर्षको निबनध प्रतियोगिताको विषयवस्तु “आर्टिफिसियल इन्टेलिजेन्स र मानवताको भविष्य” रहेको थियो। त्यसैगरी वक्तृत्वकला बिषय “पुस्तक वा बाइट्स सिकाइको भविष्य” भन्ने रहेको थियो । दुवै प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा मधेशी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्त प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।
निवन्ध प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेलले प्रथम स्थान, सोही विद्यालयका आयुष शाहले दोस्रो स्थान र सेन्ट जोसेफ अंग्रेजी एकेडेमीका संजोक मगरले तेस्रो स्थान हासिल गरेका थिए । विजेताहरूले क्रमशः स्वर्ण, रजत र कांस्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी सहभागी अन्य दस जना विद्यार्थीहरूलाई विशेष नगद पुरस्कार प्रदान गरिएको थियो।
यस्तै वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयको पोखरा क्याम्पसस्थित वन विज्ञान संस्थानकी प्राप्ती लम्सालले प्रथम, काठमाडौंको शिवपुरी कलेजकी रीत काफ्लेले द्वितीय र सेन्ट जेभियर स्कूल जावलाखेलका रितेश देवले तृतीय स्थान हासिल गरेका थिए । विजेताहरूलाई क्रमशः स्मृति चिन्ह र नगद पुरस्कारसहित पदक प्रदान गरिएको थियो। अन्य सहभागी बाह्र विद्यार्थीहरूले पनि विशेष पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा चालीस उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयका ठूलो संख्यामा नेपाली विद्यार्थीहरूले भाग लिएका थिए। प्रतियोगिताहरू दुइ हप्तासम्म चरणवद्ध रुपमा संचलान गरिएको थियो । गत दुई हप्तामा चरणबद्ध रूपमा आयोजित गरिएको थियो र यो आजको कार्यक्रममा समापन भएको थियो।
सो अवसरमा प्रमुख अतिथि डा. विजय कुमार दत्तले शिक्षा, स्वास्थ्य र सामुदायिक विकास लगायतका क्षेत्रमा पाकिस्तानको निरन्तर सहयोगको प्रशंसा गरे।
यस्तै नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमीले आफ्नो समापन मन्तव्यमा सहभागी विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गर्दै भविष्यका चुनौतीहरुलाई आत्मसाथ गर्न आग्रह गरे । उनले बिद्यार्थीहरुलाई यस्ता अभ्यासहरूबाट लाभ उठाउन सक्षम बनाउने र दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन पुलको रूपमा काम गर्ने विश्वास ब्यक्त गरे । दुवै प्रतियोगिताहरू क्रमशः विगत ८ र १२ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएका छन् ।