प्रतितोला एक हजार पाँचसय रुपैयाँले घट्यो सुनको मूल्य

 संवाददाता    २०८२, १६ जेष्ठ बिहीबार ११:३४     165 जनाले पढ़िसके



Spread the love

आज पनि सुनको मूल्य घटेको छ। गएको सोमबार, मंगलबार र बुधबार घटेको सुनको मूल्य आज (बिहीबार)पनि घटेको हो।

प्रतितोला एक हजार पाँचसय रुपैयाँ घटेर सुन आज एक लाख ८७ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको सोमबारदेखि हिजो सम्म सुनको मूल्यमा दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको थियो।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार तीनसय रुपैयाँ थियो।

गएको आइतबार प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ पनि घटेको छ। प्रतितोला १० रुपैयाँ घटेर आज चाँदी एक हजार नौसय ९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।