सुनको मूल्यमा आज पनि गिरावट

 संवाददाता    २०८२, १५ जेष्ठ बुधबार ११:३७     185 जनाले पढ़िसके



Spread the love

विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ।

गएको सोमबारदेखि आज (बुधबार)सम्म सुनको मूल्यमा दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको हो।

प्रतितोला १६ सय रुपैयाँ घटेर आज सुनको मूल्य एक लाख ८९ हजार तीनसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलामा दुई सय र अस्ती तोलामा सातसय रुपैयाँ घटेको थियो।

हिजो सुनकाे मूल्य प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँ थियो।

गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ भने बढेको छ। प्रतितोला १० रुपैयाँ बढेर आज चाँदी २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।