कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?

 संवाददाता    २०८२, १३ जेष्ठ सोमबार ११:१०     206 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज घटेको छ। हिजो तोलामा एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९१ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो। यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो।

गएकाे वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

चाँदीको भाउ भने आज पनि स्थिर छ। आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमै किनबेच भइरहेको महासंघले जनाएको छ। हिजाे पनि चाँदी यही मूल्यमा किनबेच भएकाे थियाे।