सोमबार सुनको भाउ तोलामा ७ सय घट्यो;

 संवाददाता    २०८२, १३ जेष्ठ सोमबार ११:१२     150 जनाले पढ़िसके



Spread the love

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।

 

यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको भाउ स्थिर छ । केही दिनयता प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।