राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा;

 संवाददाता    २०८२, १३ जेष्ठ सोमबार ०९:४९     364 जनाले पढ़िसके



Spread the love

राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे ।

 

उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने तर्कमात्रै गरेनन् । उनले कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन गरे ।

 

उनले यसबारेमा पार्टीले आवश्यक निर्देशन विस्तृतमा पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

साथै, उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् ।