नेपालमा ‘सीएसआर’ रकम खर्चको प्रभावकारितामा उपसभामुखको प्रश्न

 संवाददाता    २०८२, १२ जेष्ठ आईतवार १६:१०     163 जनाले पढ़िसके



Spread the love

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई बलियो बनाउन र नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउन काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ भएको छ ।

समिट उद्घाटन गर्दै प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआर रकम खर्चको प्रभावकारितामा प्रश्न उठाइन् ।

 

उनले कर्पोरेट कम्पनीहरूले यसमा ध्यान दिन नसकेको बताइन् ।

त्यस्तै नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्त्वपूर्ण छलफल भइरहनुपर्ने बताए ।

 

कार्यक्रममा बिफक्याप नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका भोजपुर, सोलुखुम्बु र खोटाङका ४ सय उद्यमीलाई वित्तीय साक्षरता दिने जानकारी दिए ।

बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थामा उद्यम गर्ने हजारौं युवामाझ विभिन्न सिपमूलक कार्यक्रम, मानव विकास क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।