करिब ८ सय ९० किलो गाँजासहित किशोर पक्राउ

 संवाददाता    २०८२, ११ जेष्ठ शनिबार २०:२२     120 जनाले पढ़िसके



Spread the love

साँगुरीगढी गाउँपालिका-५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थान सहित सोही गाउँपालिका-२ बुढीमोरङ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।