बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो ;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १२:४०     196 जनाले पढ़िसके



Spread the love

बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

 

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।