सुनको मूल्य आज फेरि उच्च वृद्धि

 संवाददाता    २०८२, ३ जेष्ठ शुक्रबार ११:२५     625 जनाले पढ़िसके



Spread the love

हिजो तोलाको तीन हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि व्यापक मात्रामा बढेको छ।

सुनको मूल्य आज प्रतितोला तीन हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार पाँचसय रुपैयाँ घटेर एक लाख ८१ हजार आठसय रुपैयाँमा झरेको थियो। आज सुनकाे मूल्य प्रतिताेला एक लाख ८४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेकाे छ

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।