प्रतितोला ५ सय बढ्यो सुन

 संवाददाता    २०८२, १ जेष्ठ बुधबार १२:०६     45 जनाले पढ़िसके



Spread the love

बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ तोकेको छ ।

 

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । सुनको भाउ बढ्दा चाँदी घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ मूल्य घटेको चाँदी आज १९६० मा कारोबार भएको छ ।