राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

 संवाददाता    २०८२, २९ बैशाख सोमबार १५:५५     110 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्।

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका स्थानीय श्रीहरि पौडेलले जानकारी दिए। राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए।

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो। राष्ट्रपति पौडेलले आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। रासस