सुनको मूल्यमा आज झन् धेरै गिरावट, चाँदी पनि सस्तियो

 संवाददाता    २०८२, २९ बैशाख सोमबार ११:५९     68 जनाले पढ़िसके



Spread the love

विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज झन् धेरै गिरावट आएको छ।

आज सुनको मूल्य प्रतितोला तीन हजार सातसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला एक लाख ८६ हजार आठसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो।

गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य हिजो थप तीनसय रुपैयाँ घटेको थियो।

अघिल्लो साताको आइतबारदेखि बिहीबारसम्म सातहजार आठसय रुपैयाँ बढेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार घट्दै आएको छ।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।