बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, २५ बैशाख बिहीबार ११:२४     65 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रासस