हङकङ-लन्डनको उडानमा पानीको सट्टा वाइन दिइएपछि

 संवाददाता    २०८२, २४ बैशाख बुधबार १४:०५     169 जनाले पढ़िसके



Spread the love

हङकङबाट लन्डनको एक उडानमा पानीको सट्टा वाइन दिएको घटनाले यतिखेर सामाजिक सञ्जालमा चर्चा पाएको छ। विमान परिचालिकाले ३ वर्षीय बालकलाई सेतो वाइन दिएकी थिइन्।

क्याथे प्यासिफिक एयरवेजको बिजनेस क्लासमा बसेका बालकलाई परिचारिकाले भुलबस पानीको ठाउँमा वाइन दिएकी हुन्।

उक्त कुरा बालककी आमाले सामाजिक सञ्जालमा साझा गरेपछि चर्चामा आएको हो। वोङ उपनामकी ती महिलाले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म रेडनोटमा घटना साझा गरेकी हुन्।

जसमा उनले एयरलाइन्सप्रति गुनासो गरेकी छन् भने आफ्नो छोराले पिएको रक्सीको चुस्कीले उसको दीर्घकालीन स्वास्थ्यमा कस्तो असर पर्ला भनेर चिन्ता व्यक्त गरेकी छन्।

महिलाका अनुसार यो घटना लगभग दुई हप्ता अगाडिको हो। यद्यपि उनीहरूले बच्चाको मेडिकल परीक्षण भने गराएका छैनन्।

घटनापछि वाहकले माफी माग्नुका साथै अन-क्लासका तीन वटा अपग्रेड भौचरसहित बच्चाको टिकट फिर्ता गर्ने र घटनासँग सम्बन्धित चिकित्सा जाँचको लागत बेहोर्ने प्रस्ताव राखेको छ।