ललितपुरको सानेपामा ट्रकको ठक्करबाट दुई जना घाइते

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १३:३०     92 जनाले पढ़िसके



Spread the love

ललितपुरको सानेपामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । ना ६ ख ४६२४ नम्बरको ट्रकले गण्डकी प्रदेश ०३–११ प ४२४ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ११ बजेतिर ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक नानीकाजी थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

घाइतेमध्ये मोटरसाइकल चालक सामान्य र पछाडी बस्ने महिलाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते भएकाहरुको नाम/ठेगाना खुल्न सकेको छैन । ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।