हिजो एकै दिनमा ४६ सय र ९ दिनमा १४ हजार ४ सय घटेको सुनको मूल्य आज कति?

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार ११:५२     126 जनाले पढ़िसके



Spread the love

आज सुनको मूल्य स्थिर छ। हिजो एकै दिनमा चार हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज थाेरै बढेको छ।

सुनको मूल्य आज प्रतितोला एक लाख ८३ हजार पाँचसय रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको थियो भने बुधबार प्रतितोला सातसय रुपैयाँले घटेको थियो।

गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आइसकेकाे छ

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।