चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान

 संवाददाता    २०८२, १७ बैशाख बुधबार १५:१६     98 जनाले पढ़िसके



Spread the love

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत वृद्धि हुने अनुमान गरेको हो।

बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ।

दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुगेको थियो।