तीन जिल्लाका सीडीओ फेरिए

 संवाददाता    २०८२, १६ बैशाख मंगलवार १६:३७     102 जनाले पढ़िसके



Spread the love

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ।

गृह मन्त्रालयमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पठाइएको छ। तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ।

रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ।

यस्तै, गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। दैलेखका प्रजिअ नवराज जैसीलाई गृहमा तानिएको छ।

गृह मन्त्रालयबाट बन्धुप्रसाद बाँस्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ।