बढ्यो सुनको मूल्य

 संवाददाता    २०८२, १४ बैशाख आईतवार १२:३१     91 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आइतबार बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ सय रुपैयाँ बढेर कारोबार भइरहेको हो।

शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सय रुपैयाँ बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको हो।

विश्वबजारमा सुन प्रतिऔँस ३३ सय हाराहारीमा किनबेच भएको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ।