पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

 संवाददाता    २०८२, १० बैशाख बुधबार ०९:०४     91 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।

थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।

सन् २०१३ मा थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।