सेयरबजारमा निरन्तर गिरावट, ८ अर्बको किनबेच

 संवाददाता    २०८२, ९ बैशाख मंगलवार १५:२८     124 जनाले पढ़िसके



Spread the love

यो साता सेयरबजार निरन्तर ओरालो लागिरहेको छ।

आइतबार १६.६८ अंकले र सोमबार ७.७५ अंकले घटेको बजार परिसूचक नेप्से तेस्रो दिन मंगलबार पनि ९.९६ अंकले घटेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार योसँगै बजारमा आज २ करोड २५ लाख कित्ता सेयर बिक्रीमा ८ अर्ब ३२ करोडको कारोबार भएको छ।

घटेको बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने प्रतिकित्ता ७१.२० रुपैयाँ आम्दानी गरेका छन्। कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर पनि ९.९८ प्रतिशतले बढेको छ। यसबाहेक मकर जितुमाया सुरी हाइड्रोको ९.९६ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ५.५७ प्रतिशत र तेह्रथुम पावर कम्पनीको ४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ।

मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७४.६० रुपैयाँले घटेको हो। यसबाहेक युनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सलगायतको पनि सेयर घटेको छ।

आज ङादी ग्रुप पावरको ४४ करोडको कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो। यसबाहेक हिमालयन पावर पार्टनरको ४० करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड र राधी जलविद्युतको ३५ करोडको कारोबार भएको छ।

मंगलबार होटल र पर्यटन, उत्पादन र प्रशोधन, अन्य तथा व्यापार सूचक हरियो भए पनि बाँकी सूचकहरु राताम्य रहे।

कारोबारमा सामेलमध्ये ८६ वटा सेयरको मूल्य बढे पनि १६० वटाको घटेको छ भने एउटा सेयर अघिल्लो मूल्यमै कारोबार भएको छ।