सुनको भाउ उच्च मूल्यबाट आठ सय रुपैयाँले घट्यो

 संवाददाता    २०८२, ५ बैशाख शुक्रबार १२:३७     244 जनाले पढ़िसके



Spread the love

सुनको भाउ आज उच्च मूल्यबाट आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ रुपैयाँले घटेर ताेलाकाे एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएकाे थियाे ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।