फालेलुङमा चौरी पर्यटन महोत्सव

 संवाददाता    २०८२, ४ बैशाख बिहीबार ११:०६     222 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अत्याधिक चिसो र भौगोलिक विकटताले पाँचथर जिल्लामा चौरी पालक किसानको आकर्षण घटेपछि स्थानीय सरकारले चौरी पालन व्यवसायलाई निरन्तर प्रर्वधन र बजारीकरण गर्न थालेको छ ।

उच्च पहाडी क्षेत्रमा पाइने चौरीको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाले चौरी पर्यटन महोत्सव आयोजना गरेको छ । छैटौं चौरी महोत्सवमा नेपाल सहित भारतको पञ्जाव, वेष्ट बंगाल, कोलकत्ता, भुटान सहित आन्तरिक र बाह्य पर्यटक समेत सहभागी भएका छन ।

महोत्सवमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डले चौंरीजन्य संस्कृतिको जगेर्ना तथा जैविक विविधताको संरक्षण गर्दै चौंरी पालकहरुले संस्कृति, परम्परा, वातावरण र जैविक विविधताको संरक्षणको लागि थप लगानी गर्ने प्रतिवद्धता जनाए ।

महोत्सवमा पर्यटकीय क्षेत्रको संरक्षणसंगै चौंरी र याकको प्रदर्शनी, चौरी पालक कृषक सम्मान, याक नाच, चौरीको दुधबाट बनेका परिकारको प्रर्दशनी, साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिएको थियो । फालेलुङमा ३० र याङवरक गाउँपालिकामा १४ गोठ गरी ४४ चौरी गोठ रहेका छन । दुबै गाउँपालिकामा १ हजार ४ सय चौरी र याकहरु किसानले पाल्दै आएका छन ।