तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ

 संवाददाता    २०८१, २५ चैत्र मंगलवार १२:३९     179 जनाले पढ़िसके



Spread the love

काठमाडौँको तीनकुनेमा भएकाे अराजक गतिविधिमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन्।

यही चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वमा रहेका राजावादी समर्थक तथा राप्रपाका कार्यकर्तालाई प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिरहेको छ।

सोमबार थप ६ जनालाई अदालतबाट म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरीको धरान घर भई हाल काठमाडौँ ३१ बस्ने २७ वर्षका दिवश बोगटी क्षेत्री, काभ्रेको नमोबुद्धकी ऐनी भन्ने ३० वर्षकी अनिता कुँवर र सिन्धुपाल्चोकको बाह्रबिसे ९ का ३० वर्षका कुमार तामाङ रहेका छन्।

उनीहरु आगजनी तथा तोडफोडमासमेत संलग्न रहेको प्रहरीको आरोप छ। सीसीटीभी फुटेज तथा अन्य भिडिओहरुमा त्यसदिन उनीहरुले गरेका आपराधि गतिविधिका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्हरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए।

आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७० जनाभन्दा बढी हिरासमा छन्।

उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधि उपद्रव र संगठित अपराधमा प्रहरीले मुद्दा अगाडी बढाएको छ।