सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

 संवाददाता    २०८१, २५ चैत्र मंगलवार ११:०५     88 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।