घटेको बजारमा पौने ६ अर्बको सेयर कारोबार

 संवाददाता    २०८१, १८ चैत्र मंगलवार १५:१३     165 जनाले पढ़िसके



Spread the love

सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेको छ।

योसँगै सूचक २६७७.५५ विन्दुमा पुगेको बजारमा पौने ६ अर्बको सेयर किनबेच भएको छ।

कुल १ करोड ६ लाख कित्ता सेयर बिक्रीमा ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा सेयर बढ्दा २०१ वटा घटेका छन्।

आजको कारोबारमा बढ्ने सेयरहरुमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, विशालबजार कम्पनी, राधी जलविद्युत्, सयपत्री हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लगायत छन्।

तर गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, दोर्दीखोलालगायतको भने घटेको छ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्सको ६४ करोडको सबैभन्दा बढी छ भने एनआरएन, सीईडीबी होल्डिंग्स, नेपाल पुनर्बीमाको क्रमशः ४५ करोड, २७ करोड र २६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।