सर्लाही कांग्रेस सभापती सिंह हटाउनुपर्ने माग सहितको सानेपाको धर्ना कार्यक्रम स्थगित

 सर्लाही     २०८१, १५ चैत्र शनिबार ०६:२८     238 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सर्लाही सभापती भ्रष्टाचारमा दोषी ठहर भएपछी पनि निलम्बित नहुंदा उनलाई हटाउनुपर्ने माग सहितको आन्दोलन सानेपा मा ९ दिन देखि तेस्रोपटक चलिरहेका बेला हिजो विकसित घटनाक्रमलाई ध्यान राख्दै उक्त आन्दोलन स्थगित गरिएको आन्दोलन तथा धर्नामा सहभागी सर्लाही कांग्रेस उपसभापति नवीन अधिकारीले जानकारी दिए। उनले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका हुन।

“प्रेस विज्ञप्ति”
२०८१।१२। १४
नेपाली कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन पार्टीभित्र भ्रष्टाचारको विरुद्धमा विधि विधानको कार्यान्वयन सहित संगठन भित्रको न्याय निष्पक्षता र पारदर्शिताका लागि सर्लाही जिल्लाका नेपाली कांग्रेसका क्रियाशील नेताहरु विगत १३ महिना देखि आन्दोलनमा होमिएका थियौं। नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई सर्वोच्च अदालतले भ्रष्टाचारको फौजदारी अभियोगमा दोषी प्रमाणित गरिसकेपछि निजलाई पदबाट हटाइ बैधानिक प्रक्रियाबाट सर्लाही जिल्ला सभापति चयन गर्नुपर्ने माग उठाएर नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा हामी विगत ९ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छौं। आज काठमाडौं उपत्यकामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि प्रहार गर्ने गरी केही तत्वहरुले अराजक गतिविधि र हिंसात्मक प्रदर्शन उत्रिएर गर्नुका लागि परिस्थिति सिर्जना भएकाले हाम्रो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि प्रहार भइरहेका बेला हामीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने लडाइँ अन्तर्गत नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा जारी राखेको विरोध प्रदर्शन केही दिनका लागि स्थगित गर्ने निर्णय गरेका छौं। व्यवस्थामाथि नै प्रहार भइरहेका बेला पार्टीभित्रको आन्तरिक न्याय स्पष्टता र पारदर्शिताको लडाईं केही समय स्थगित गरी पुनः परिस्थिति सामान्य भए पश्चात नेपाली कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन र अन्याय अत्याचार विरुद्धको लडाईं सशक्त राष्ट्रिय प्रतिबद्धता सहित तत्काललाई हाम्रो विरोध प्रदर्शन स्थगित गरिएको जानकारी गराउँदछौं।
जय नेपाल।
२०८१।१२। १४
नविन प्रसाद अधिकारी
उपसभापति
नेपाली कांग्रेस सर्लाही”