आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

 संवाददाता    २०८१, १० चैत्र सोमबार ११:३८     57 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज थप घटेको छ। चाँदीको मूल्य भने आज स्थिर छ।

आइतबारको मूल्यमा प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको भाउ आज एक लाख ७३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बुधबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार घट्दै आएको हो।हिजो सुनको मूल्य एक लाख ७४ हजार एकसय रुपैयाँ थियो।

गएको बुधबार सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेको थियो। यो मूल्य आजसम्मकै सबैभन्दा धेरै हो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला १५ रुपैयाँ घटेर तोलाको एक हजार नौसय ८० रुपैयाँ कायम भएको सुनको मूल्य आज पनि सोही मूल्यमा स्थिर छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।