सर्लाही, । हरिवन सुकेपोखरी स्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ अन्तर्गत अनेरास्ववियु र नेविसङ्घको संयुक्त प्यानल विजयी भएको छ। अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल पराजित भएको छ ।
आज सम्पन्न मतगणना अनुसार अनेरास्ववियु र नेविसङ्घको संयुक्त प्यानलका उम्मेदवार हिमाल घिमिरे सभापति पदमा ४४२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार अन्जिता भुजेलले २१३ मत प्राप्त गरेकी छन्।
सचिव पदमा रोहन उप्रेती ४०३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिषेक बाँनियाले २४८ मत प्राप्त गरेका छन्। कोषाध्यक्ष पदमा स्मृति श्रेष्ठ ४०९ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सञ्जय कुमार महतोले २३४ मत प्राप्त गरेका छन्।
सदस्य पदमा श्याम जनम ठाकुर ४१०, पुण्य प्रसाद लुइटेल ४२१, अविना दाहाल ४१४, एलिसा सिंजाली ४१० र रितिस महर्जन ४०७ मत ल्याएर विजयी भएका छन्। अनेरास्ववियु (क्रान्तिकारी) बाट मिलन थापा २४०, विष्णुकुमार श्रेष्ठ २२६, इन्द्रावती कुमारी महतो २३१, विनेस पौडेल २४१ र दिलिप कुमार महतो २४५ मत ल्याएर पराजित भएका छन्।
निर्वाचनमा बदर मतको संख्या १९ रहेको छ।
अनेरास्ववियु र नेविसङ्घको संयुक्त प्यानलले सबै पदमा जित हासिल गरेको छ भने अनेरास्ववियु (क्रान्तिकारी) ले कुनै पनि पद जित्न सकेन। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचनको अन्तिम मत परिणाम