आज सुनचाँदीकै मूल्य बढेको छ। विगत तीन दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चारसय र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन प्रतितोला एक लाख ६९ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य एक लाख ६८ हजार एकसय रुपैयाँ थियो। गएको शुक्रबार, आइतबार र सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
गएको शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो। त्यसैगरि गएको बुधबार एक हजार र बिहीबार दुईसय रुपैयाँ मूल्य घटेको थियो।
यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।