फागुन १९ गते । सुर्खेतको भेरीगंगा नगरपालिका –९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।
क्यान्सर उपचारका क्रममा उहाँ विगत एक वर्षदेखि भारतमा हुनुहुन्थ्यो । परिवारका सदस्यले दिनुभएको जानकारी अनुसार उहाँको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।