चितवनमा ‘बेबी कर्न’को जातीय परीक्षण सुरु

 संवाददाता    २०८१, १९ फाल्गुन सोमबार १३:०३     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं । चितवनमा तरकारी खाने नानी मकै ‘बेबी कर्न’को जातीय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो ।

कालिका नगरपालिका वडा नम्बर १ मा करिब ३ कठ्ठा जग्गालाई २१ वटा प्लटमा विभाजन गरी सात प्रजातीका बेबी कर्न मकैको जातीय परिक्षण सुरु गरिएको हो । सो क्रममा जातीय परीक्षण, झारपात व्यवस्थापन र मलखाद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा अध्ययन समेत गरिने विज्ञले बताएका छन ।

स्थानीय विवस भट्टको जग्गामा यी जातका बेबी कर्नको परीक्षण सुरु गरिएको हो । अन्य मकैको खेती गर्दै आएका किसानहरुलाई लक्षित गर्दै यो परीक्षण सुरु गरिएको हो । प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार चितवनमा पहिलो पटक परीक्षणका रुपमा खेती शुरु गरिएको कृषि कार्यालयले जनाएको छ ।

चितवनमा परीक्षण गर्न लागिएका सात जात मध्ये ६ वटा जातको पहिलो पटक गर्न लागिएको हो । यसअघि रामपुर हाइब्रिड १० को कृषि तथा वन विज्ञान विश्व बिद्यालयमा परीक्षण गरिएको थियो ।

यो मकैको कलिलो खोयालाई तरकारी र सलादको रुपमा प्रयोग गर्न सकिने छ । यो मकै प्रति हेक्टर क्षेत्रफलमा १ लाख २५ हजार विरुवा हुने गरी लगाउन सकिनेछ ।