तरकारी खेतीबाटै वार्षिक १० लाख आम्दानी

 संवाददाता    २०८१, १९ फाल्गुन सोमबार १२:४४     48 जनाले पढ़िसके



Spread the love

काठमाडौं । पर्वतको पैयुँ गाउँपालिका– ६ सरौखोलाका चोकलाल तिवारीले तरकारी खेतीबाटै वार्षिक दश लाख आम्दानी गर्दै आएका छन ।

मणिचन्द्र कृषि तथा पशु फर्म दर्ता गरेर तिवारीले नौ रोपनी जमिनमा तरकारी खेती गरिरहेका छन । प्लास्टिक टनेलमा गरिएको तरकारी खेतीमा रोग किराको प्रकोप कम हुँदा तिवारीले राम्रो आम्दानी गरिरहेका हुन ।

स्थानीयका अनुसार सरकारी तवरबाट कुनै सहयोग नभएपनि तरकारी खेतीवाट तिवारीले गरेको आम्दानी लोभलाग्दो छ । गाउँमा युवा पलायन बढेकाले खेती किसानी गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

वीस लाख लगानी गरेर चोकलालले तेइस वटा प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेकमा छन । उनका टनेलमा काउली बन्दा, व्रोकाउली , सीमी गोलभेडा, काँक्रा, घिरौला खेती गरिरहेका छन । पैयुँका कृषि उत्पादन उत्पादन हुवास हतेमालो बजारमा बिक्री हुने गरेका छन ।