तीन किशोरीलाई बलात्कार गरेको आरोपमा १८ नाबालिग पक्राउ

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १६:०९     89 जनाले पढ़िसके



Spread the love
भारतको झारखण्ड खुन्टी जिल्लामा तीन किशोरीहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ नाबालिगहरूलाई पक्राउ गरेको छ। प्रहरीले सोमबार यो जानकारी दिएको एनडिटिभीले समाचारमा उल्लेख गरेको छ। ती नाबालिगहरू १२ देखि १७ वर्ष उमेरका रहेका छन्। उनीहरूलाई बाल सुधार गृह पठाइएको र पीडित बालिकाहरूको सोमबार स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो। घरबाट केही टाढा एउटा विवाह समारोहमा पाँच जना किशोरीहरू गएका थिए। सबै अभियुक्तहरू पनि त्यहीं थिए। राति जब ती किशोरीहरू विवाह समारोहबाट आफ्नो घरतिर निस्किए तब अभियुक्तहरूले उनीहरूलाई पछ्याउन थाले। घर जान किशोरीहरूलाई नदी पार गर्नुपर्थ्यो। यसअघि, आरोपीले उनीहरूलाई समातेर नजिकैको जंगल क्षेत्रमा लगेका थिए।