६ महिनापछि सेयरबजार २८ सय विन्दुमा, ११ अर्बको किनबेच

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १५:१६     106 जनाले पढ़िसके



Spread the love

सेयरबजारले ६ महिनापछि २७ सयको विन्दु पार गरेको छ। गत भदौ १९ गते सेयरबजार २८६१ विन्दुसम्म पुगेको थियो।

आज ४९.१५ अंकले नेप्से बढेपछि बजार फेरि २८१५.०४ विन्दुमा फर्किएको हो।

योसँगै कारोबार रकम पनि ११ अर्ब नाघेको छ। २ करोड ६१ लाख कित्ता सेयर बिक्रीपछि ११ अर्ब ३९ करोडको कारोबार भएको हो।

१८६ वटा सेयर बढेको दिन बजारमा ५२ वटाको मूल्य घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

यस दिन गार्डियन माइक्रो लाइफ र अपरहेवाखोलाको सेयरले सकारात्मक सर्किट हान्दा सिन्धु विकास बैंक, दोर्दीखोला र लिबर्टी इनर्जीको पनि ९ प्रतिशत बढीले मूल्य बढेको छ।

तर भूगोल इनर्जी, उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्।

आज पनि हिमालयन रिइन्स्योरेन्सको कारोबार सर्वाधिक छ। कम्पनीको ९६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमाको ७६ करोड र एनआरएनको ४६ करोडको किनबेच भएको छ।

आज सबै उपसूचकहरु हरियो छन्।