छाला रोगले ग्रस्त बालिकाको उपचार अभाव

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १२:३४     56 जनाले पढ़िसके



Spread the love

फागुन १५ गते ।सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरा स्थायी ठेगाना भई हाल बलेफी गाउँपालिका–८ टोप्कामा बस्दै आएकी १२ बर्षीया आशिका तामाङ पहिचान नभएको छाला रोगबाट साँढे २ वर्षदेखि थलिएकी छिन् ।

आशिकाको शरीरको पुरै भागमा घाउ नै घाउ आएको छ । घाउ पाक्ने र पाप्रा नलाग्ने रोगको सिकार भएकी आशिकाले घाउकै कारण कक्षा ४ मा अध्ययन गर्दा गर्दै बिचमै पढाई छाड्नु परेको छ । छाला रोगकै कारण एक त आशिकाको ज्यान जोखिममा परेको छ भने अर्को तर्फ उनीको पढाई बिचैमा रोकिएको छ । स्थानीय कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएकी आशिका जीउभर घाउ आएको कारण शिक्षा लिनबाट वञ्चित हुनु भएको छ ।

आशिकाकी आमा पूजा र बुबा विपिनले भएभरको जायजेथा बेचेर आशिकाको उपचारका लागि साँढे ८ लाख खर्च गरिसके । राजधानीको नाम चलेको टिचिङ हस्पिटल, वीर अस्पताल लगायतका दर्जनौँ अस्पताल उपचारका लागि पुर्याई सके । तर पनि छालाको रोगको पत्ता लगाउन कठिन भइरहेको छ । धाँमीझाँक्री, फुकफाक, झारपात औषधीदेखि विभिन्न अस्पताल लगेर उपचार गरे पनि आशिकाको रोग कम भएको छैन । अज्ञात छाला रोगले आशिका दिनहुँ गली रहनु भएको छ ।

आशिकाको परिवार टोप्काको बिकट गाउँमा टहरोमा बस्दै आइरहेको छ । मजदुरी गरेर ल्याएको कमाइले परिवार धान्नै मुस्किल परिरहेको आमा पूजाले पीडा सुनाउनु भयो । ‘थप उपचारका लागि लाखौँ रुपियाँ लाग्ने अस्पतालले जनाएपछि आशिकाको परिवार छोरीको उपचार गर्न नसक्ने अवस्थामा पुगेको छ । ‘सम्पत्तिको नाममा सबै बिक्री गरेर उपचारमा खर्च भइसकेको छ–अब त यही टहरो बेचेर उपचार खर्च जुटाउन पर्ला’–आमा पूजाले पीडा सुनाउनु भयो । तर बिकट गाउँको छाप्रो खरिद गर्न आउने कोही छैनन्–उहाँले गुनासो पोख्नुभयो ।

स्थानीय समाजसेवी बलराम सापकोटा, लामोसाँघु साकोसका व्यवस्थापक रबिन बिक, अभिप्रेरणा युवा क्लबका साजन तामाङ, भीमबहादुर आचार्य लगायतका स्थानीय समाजसेवीहरू आशिकाको उपचारमा लागिपरेका छन् । उहाँहरूको मद्दतले अहिले आशिकालाई औषधी प्रबन्ध हुदैं आएको छ । तर उपचारमा धेरै ठुलो रकम लाग्ने हुँदा आशिकाको परिवारजनले देश विदेशमा रहनु भएका सहयोगी हातहरूसँग सहयोगको आग्रह गरेका छन् । उक्त स्थानमा मृतक परिवारलाई सापकोटाको अगुवाइमा राहत रकम प्रदान गरिँदै आएको छ ।