काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राणाले यस्तो बताएका हुन् । उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे । राणाले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यी समस्या बढेको बताए ।
सांसद राणाले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुरी रहेको बताए ।