काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँ बढेको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य तोलामा १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी बढेर तोलामा १ हजार ९८५ रुपैयाँ किनबेच भइरहेको महासंघको भनाइ छ ।