सर्लाही जिल्ला कांग्रेस, एमालेमा संस्थापन गुट हावीहुंदा आफ्ना विरुद्द बोल्नेमाथी स्पष्टीकरणको डण्डा

 एमाले काँग्रेस     २०८१, ११ फाल्गुन आईतवार १४:५८     582 जनाले पढ़िसके



Spread the love

हालै मात्र सर्लाहीमा एमाले र कांग्रेसमा आफ्नो पकड र जिल्लामा नेतृत्वमा वर्चस्व गरेका गुटले आफू इतर र आफ्ना विरुद्द बोल्ने पार्टीभित्रका सदस्य तथा पार्टी पदाधिकारीविरुद्द स्पष्टीकरणको डण्डा चलाई तर्साउने काम गरिरहेका छन।

यस भन्दा पहिला एमालेमा यो घटना भएको थियो । एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले भुमी आयोगको जिल्ला सदस्यमा नियुक्तिका लागि पार्टीभित्र कोही लायकदार नभएझैं गरि आफ्नै सुपुत्रलाई सिफारिस गरेपछी तत्कालिन मालेका स्थापनाकालिन जिल्ला सदस्य, हालका जिल्ला सदस्य तथा संचारकर्मी शंकर श्रेष्ठले एक साप्ताहिक पत्रीकाको प्रथम पृष्ठमा “बाबू अध्यक्ष छोरा सदस्य, कार्यकर्ता रमिते” भन्ने शिर्षकमा समाचार छापेपछी जिल्लाको नेतृत्व गरेका साहले अनुशासन भन्दै स्पष्टीकरण सोध्ने पार्टीको चिट्ठी पठाएका थिए ।

जसको सर्वत्र आलोचना र विरोध भएको थियो भने श्रेष्ठले कारवाही मन्जुर भन्दै स्पस्टिकरण हालसम्म बुझाएका छैनन। हेर्नुहोस तल स्पष्टीकरणको चिट्ठी र राजनारायणका बाबू छोराको समाचार

स्पष्टीकरण माग गरेको पत्र

एमालेका अध्यक्षका बाबुछोराको समाचार प्रकाशित पत्रीकाको पृष्ठ

यो त भयो एमालेमा जिल्ला अध्यक्षका व्यक्तिगत प्रतिशोध अब कुरा गरौं कांग्रेस सर्लाही जिल्लाको घटना ।

कांग्रेसमा हावी छन कांग्रेस जिल्ला सभापती सुरेन्द्र सिंह र पूर्व सभापती नागेन्द्र राय। रायका छोरा सरोज राय नेपाली कांग्रेसका उपसभापती समेत छन। उनलाई प्रयोग गरेर सभापती सिंहले अर्का इतर समुहका नेता तथा प्रदेश संसद तथा मन्त्री कौशलकिशोर राय माथी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

कौशलकिशोरलाई सोधिएको स्पष्टीकरण

किन भने सुरेन्द्रलाई सर्वोच्च अदालतले समेत भ्रष्टाचार कसुरमा बिगो भराउने फैसला गराईसकेको छ। (समाचार पढ्न लिंक https://mahendramalakhabar.com/2024/10/24/23466/) उक्त फैसला पछि विरोध गर्दै विभिन्न हालका र पूर्व पदाधिकारीहरु सिंहको नैतिकता हराएको भन्दै निलम्बनको माग गर्दै केन्द्रसम्म पुगेका थिए त्यस भिडमा मन्त्री राय समेत थिए। त्यही रिस र अन्य मतभेदलाई सांध्न कौशलकिशोर माथी स्पष्टीकरणको डण्डा चलाउन उनकै गुटका उपसभापति र अनुशासन समितीका भन्दै सरोज रायलाई उपयोग गरे सुरेन्द्रले। तर त्यही अनुशासन समिती भ्रष्टाचारी ठहर भइसकेका त्यो पनि दुई तहकै अदालतबाट त्यसमाथी अझै पुनरावलोकनमा गएका छौं भन्दै झुटो बोलेर हिंडेका आफ्ना सभापतीलाई केही प्रश्न सोध्न सक्दैन चाकरी मात्र गर्न सक्छ।यसरी आफ्ना विरुद्दलाई तह लगाउन स्पष्टीकरणको हर्कतले पार्टी,संगठन कमजोर र जनतामा निराशा छाउने बतांउछन एमाले कांग्रेसका कार्यकर्ता।

यस्तो प्रवृत्तिले जो चोर उसको ठूलो स्वर भन्ने उखानलाई सिद्ध गर्दै लगेको प्रष्ट हुन्छ। आफू अनुशासनमा नबस्ने अनि आफू विरुद्द लागे भन्दै सत्य कुरा र प्रष्ट कुरा राख्ने माथी स्पष्टीकरण र कार्वाहीले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने र वैकल्पिक पार्टीलाई मलजल गर्ने प्रष्ट छ।