घट्यो सुन चाँदीको मूल्य

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार १३:१५     84 जनाले पढ़िसके



Spread the love

काठमाडौं । स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज १ हजारले घटेर तोलाको १ लाख ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भैरहेको छ ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।