रवि लामिछाने श्रीमतीसहित काठमाडौँ जिल्ला अदालत उपस्थित

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार १३:४७     110 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत हाजिर भएका छन्।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने तारेखका लागि श्रीमती निकिता पौडेलसहित अदालत उपस्थित भएका हुन्। अदालतमा आज उनकाे पहिलाे तारेख थियाे।

माघ २ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट भएको आदेशबमोजिम उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।