तोलामा ७ सय बढ्यो सुनको भाउ

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार १२:०२     81 जनाले पढ़िसके



Spread the love

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७०० बढेको छ।

मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा आज बढेर १ लाख ६९ हजार ४०० कायम भएको हो।

आज चाँदीको मूल्य भने स्थिर छ। अर्थात् आज पनि सोमबारजस्तै चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको हो।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।