सङ्खुवासभाका अग्नि पीडितलाई आर्थिक सहयोग

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार ११:५७     84 जनाले पढ़िसके



Spread the love

सङ्खुवासभा । सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका अग्नि पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले १२ लाख १८ हजार पाँच सय सहयोग गरेको छ ।

गत माघ २ गते सभापोखरी–६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । अग्नी पीडितलाई आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तर गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिए ।

एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बूको संयोजकत्वमा सहयोग रकम सङ्कलन गरिएको थियो । पीडितका लागि एमाले सभापोखरी गाउँ कमिटीबाट ७ लाख ३९ हजार ८ सय ८१, राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी २ लाख ५३ हजार ४ सय ४८, अखिल नेपाल महिला सङ्घ सभापोखरीबाट ६ हजार ७ सय ५० सङ्कलन गरिएको अध्यक्ष राईले बताए ।

आगलागीबाट १ करोड ५० लाख बढीको क्षति भएको थियो । आगलागीले बाह्रबिसेका लालसिंह लिम्बू, रामबहादुर राई, अनिता राई र सुशील तामाङको घर जलेर नष्ट भएको थियो ।
रासस