हिजो (बिहीबार) प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघको अनुसार आज सुनको मूल्य तोलाको चारसय रुपैयाँ बढेर एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एकलाख ६९ हजार आठसय रुपैयाँ थियो।
गएको बुधबार सुनको मूल्य प्रतितोला दुई हजार सातसय रुपैयाँ घटेको थियो। गएको मंगलबार भने सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेर फेरि सस्तिएकाे थियाे।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी ताेलाकाे एक हजार नौसय ७० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।